काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-19) संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १, सिराहामा १, मकवानपुरमा १ र भक्तपुरमा १ जना गरी जम्मा ९ जनाको मृत्यु भएको हो । यससँगै हालसम्म देशभर १४६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३४ जना संक्रमित देखिएका छन् । हालसम्म देशभर जम्मा संक्रमितको संख्या ३१ हजार १ सय १७ जना संक्रमित पुगेका छन् ।
Leave a Reply