Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेकपा नेता नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

    नेकपा नेता नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।



    संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताए । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार