Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौंमा काेराेना संक्रमितको संख्या बढेपछि औषधि छर्किदै

    काठमाडौंमा काेराेना संक्रमितको संख्या बढेपछि औषधि छर्किदै

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम जारी राखेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला महानगरपालिकाले सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा औषधि छर्कि रहेकाे छ ।

    शनिबार बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरिएको महानगरपालिकाले जनाएको छ ।



    शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । काठमाडौं जिल्लामा मात्रै एक हजारभन्दा धेरै संक्रमित रहेको अनुमान छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार