Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नेपाली श्रमिक नपाउँदा भारतकाे अर्थतन्त्रमा धक्का

    नेपाली श्रमिक नपाउँदा भारतकाे अर्थतन्त्रमा धक्का

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडौं। भारतमा स्याउ व्यवसायलाई नराम्रो धक्का लागेको छ । नेपाली श्रमिक नपाउँदा भारतको ४ हजार ५ सय करोडकोकाे घटा त्यहाँकाे स्याउ व्यवसायीले व्यहाेर्नु परेकाे छ।

    हिन्दूस्तान टाइम्सका अनुसरा कोभिड–१९ महामारीका कारण सीमा बन्द भएपछि दक्ष नेपाली कामदार भारत जान नसक्दा भारतको हिमाचल प्रदेशका स्याउ उत्पादकहरुले निकै महंगो मूल्यमा श्रमिकलाई काममा लगाउनु परेको छ । अहिले हिमाचल प्रदेशको तल्लो पहाडी क्षेत्रमा स्याउ टिप्ने काम भइरहेको छ र त्यहाँका स्याउ उत्पादकहरु दक्ष नेपाली कामदारको खोजीमा छन् ।



    यहाँका स्याउ बगैंचामा काम गर्ने कैयौं नेपाली कामदार नेपाल–भारतबीच सीमा विवाद भएपछि घर फर्केका छन् । काममा फर्केर केही कमाउन चाहने अन्य नेपाली कामदार पनि सीमा बन्द भएका कारण जान सकिरहेका छैनन् । नेपालको अछाम जिल्लाको नड्डा गाउँका ४२ वर्षका सोमनाथ जैसीले स्याउ बगैंचामा एक वर्षको ६ महिना काम गर्थे तर अहिले उनी काममा फर्किन सकिरहेका छैनन् । ‘पहिलो चोटी हामी जान खोज्दा बनबासामा भारतीय सुरक्षाकर्मीले राखे, फेरि अर्को पटक जान प्रयास गर्दा नेपाली सुरक्षाकर्मीले रोके’ उनले भने ।



    कोभिड १९ महामारीका कारण मात्र नभइ पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादका कारण सम्बन्ध बिग्रिएकोले पनि नेपालबाट भारतमा श्रमिक जान अवरोध सृजना भएको छ ।शिमला, कुल्लु, किन्नौर, मन्दीसहित चम्बा र सिरमौर जिल्लाका केही भागहरुमा मुख्य आयस्रोत नै स्याउ अर्थतन्त्र हो । त्यहाँको तल्लो पहाडी क्षेत्रमा स्याउ टिप्ने सिजन अब सकिँदैछ र उच्च पहाडी क्षेत्रमा भने मध्य अक्टोबरसम्म जारी रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार