Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुशान्तको चिहानमा कसरी पुगेकी थिइन रिया चक्रवर्ती ? मुम्बई प्रहरीमाथि नै शंका

    सुशान्तको चिहानमा कसरी पुगेकी थिइन रिया चक्रवर्ती ? मुम्बई प्रहरीमाथि नै शंका

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 5.4K
    SHARES

    एजेन्सी। बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सीबीआईले छानविन शुरु गरेपछि नयाँ -नयाँ तथ्यहरु बाहिर आएका छन् ।

    आजतकका अनुसार सुशान्त आत्महत्या प्रकरणमा प्रहरीले गरेको कारबाहीमा धेरै प्रकारका प्रश्नहरू पनि खडा भएका छन्। हालसालै एउटा समाचार पोर्टलले एक स्टिंग अपरेशन गरेर यसको खुलासा गरेको छ, जसका कारण सुशान्तकी प्रेमिका रिया चक्रवर्ती शंकाको घेरामा परेको देखिन्छ।



    एउटा समाचार पोर्टलले दावी गरेको छ कि सुशान्तको मृत्यु पछि रिया सुशान्तको शव राखिएको चिहानमा सजिलै गइन । सुशान्तको कुपर अस्पतालमा पोष्टमार्टम भएको बताइएको छ।



    अब, समाचारका अनुसार, रियाले उही अस्पतालको भ्रमण गरिन र त्यहाँ  ४५ मिनेट बढी विताइन । अब यो आश्चर्यजनक छ कि  रियालाई चिहानमा जान कसले अनुमति दियो ?

    सुशान्तको परिवार जानसमेत अनुमति नभएको ठाउँमा कसरी रिया त्यहां पुग्न सफल भइन ?

    समाचार पोर्टलले गरेको स्टिंग अपरेशनमा, एक  अधिकारी भन्छन्- रियाले अवैध प्रवेश प्राप्त गरिन । यो पनि भनिन्छ कि उनले यस काममा मुम्बई पुलिसको समर्थन पाइन । रिपोर्टका अनुसार कुपर अस्पतालको भिडियो फुटेज सार्वजनिक भएको छ।

    यदि यो स्टिंग अपरेशन सही साबित भयो भने रियालाई समस्याहरू पर्ने देखिन्छ।

    यस बाहेक, मुम्बई पुलिसको अनुसन्धानमा पनि प्रश्न खडा हुनेछ। यस विवादमा सुशान्तका वकिल विकास सिंह भन्छन् –  ‘कुन आधारमा रियालाई चिहानमा जान अनुमति दिइयो ।

    रियाले सुशान्तलाई जून ८ मा छोडिन , किन उनी सुशान्त मरेपछि उनको चिहानमा गइन?।’

    सुशान्तले जुन १४ तारिखमा आत्महत्या गरेका थिए ।

    अब रियाका वकिलका तर्फबाट के भनिएको छ, त्यो  पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार