काठमाडौं । खाडी मुलुक साउदी अरबमा रहेका ६ सय १८ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासले पुस, माघ र फागुनमा निवेदन दिएकामध्ये केही व्यक्तिले बहिर्गमन भिसा प्राप्त गरेका हुन् ।
यसअघि साउदी अरेबियाले ४९८ जनालाई बहिर्गमन भिसा दिएको थियो । बिहीबार एक विज्ञप्ति जारी गर्दै थप १ सय २० जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ । उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।
बहिर्गमन भिसा पाएपछि विभिन्न कम्पनी र प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका कारण स्वदेश फर्कन नपाएकाहरू स्वदेश फर्कन पाउने भएका हुन् ।
Leave a Reply