Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रहरी हेडक्वार्टर, अख्तियार हुँदै सिंहदरबार पस्यो कोरोना, पर्यटन मन्त्रालयका उपसचिवलाई पनि पुष्टि

    प्रहरी हेडक्वार्टर, अख्तियार हुँदै सिंहदरबार पस्यो कोरोना, पर्यटन मन्त्रालयका उपसचिवलाई पनि पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमण प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सिंहदरवारमा पनि प्रवेश गरेको छ ।

    भदौ २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीदेखि मन्त्री योगेश भट्टराईसम्मको पीसीआर परीक्षण गरिएकोमा मन्त्रालयका एक उपसचिवलाई कोरोना पोजेटिभ देखिएको छ ।



    भदौ २ मा मन्त्रालयका आधा कर्मचारीको स्वाब लिएर परीक्षण गरिएकोमा ती उपसचिवको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।



    उपसचिवमा कोरोना संक्रमण देखिएपछि मन्त्रालयका थप कर्मचारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको बुझिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार