Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

    भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    चितवन । भरतपुर अस्पतालमा उपचाररत ६५ वर्षका  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ संक्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो ।



    मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालले जनाएको छ ।



    उनीसँगै कोरोना संक्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार