Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुशान्त आत्महत्या : महेश भट्ट र रियाबीचको च्याट बाहिरियो

    सुशान्त आत्महत्या : महेश भट्ट र रियाबीचको च्याट बाहिरियो

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 7.1K
    SHARES

    एजेन्सी। बलिउडका नायक सुशान्त सिंह राजपुतको आत्महत्याको छानबिन गर्न सीबीआईले एक एसआईटी टोली गठन गरेको छ।

    सीबीआईले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना विरुद्ध एफआइआर दर्तागरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम गर्ने २ जना म्यानेजर छन् ।



    उनीहरुविरुद्ध सीबीआईले आत्महत्या, अपराधिक षड्यन्त्र, चोरी, धोका, धम्की, गलत सम्बन्धको कारण देखाउँदै एफआइआर दर्ता गरेको हो ।



    राजपुतले जुन १४ तारिखमा आत्महत्या गरेका थिए । यो मुद्दामा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती शंकाको घेरामा परेकी छन् ।

    आजतकका  अनुसार बलिउडका निर्देशक महेश भट्ट र सुशान्तकी प्रेमिका रिया चक्रवर्ती बीचको व्हाटसअप च्याट बाहिरिएको छ।

    जून 8 मा सुशान्तको घर छोडेर  रियाले बलिउडका निर्देशक महेश भट्टलाई सन्देश पठाई र लेखिन्- ‘ तपाईसँग भएको अन्तिम कुराकानीले मेरा आँखा खोलिदिए। तपाई मेरो परी हौ। तिमी अहिले पनि छौ। ‘

    रियाको सन्देशमा महेश भट्टले  जवाफ दिए र लेखे – ‘अब पछाडि नहेर्नुहोस्। बुबालाई मेरो माया दिनुहोस्। अब उनी धेरै खुसी हुनेछन्।’

    उनीहरू रियालाई सुशान्तसँग हेर्न चाहँदैनन्। भाइरल च्याटमा, रिया लगातार महेश भट्टलाई धन्यवाद दिँदैछिन्, उनी  भनिरहेकी छन् कि उनले उनलाई धेरै मद्दत गरे। रियाले महेशलाई एउटा सन्देशमा लेखीएको छ- ‘तपाईंले मलाई फेरि मुक्ति दिनुभयो, तपाईं मेरो जीवनमा भगवानजस्तै हुनुहुन्छ।’

    जबकि महेश भट्टले पनि रियालाई आफ्नी छोरी भनेर भनिरहेका छन्। उनी साहस देखाउँदै रियाको प्रशंसा गरिरहेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार