Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चार्टर र उद्धार उडान पुनः सुचारु, सीमा नाकामा भने थप कडाइ

    चार्टर र उद्धार उडान पुनः सुचारु, सीमा नाकामा भने थप कडाइ

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । सरकारले चौतर्फी बिरोधपछी चार्टर तथा उद्धार उडानलाई पुनः सुचारु गर्ने निर्णय गरेको छ । बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको हो ।

    हवाई मार्गबाट आउनेहरूले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ ।



    यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्नेछ ।



    माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ । नेपाल फर्किन लगेजसहित यूएईको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि   सयौ नेपालीहरु नेपाल फर्कन नपाएपछी सरकारको बिरोध भएको थियो।

    जुन कुरालाई लिएर पर्यटन मन्त्री योगेश भट्टराई र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलबीच भनाभन भएको खबर बाहिर आएको थियो।

    सरकारले तोकेका १० वटा स्थल नाकाहरूबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले जनाएको छ । होटल खर्च आफैंले व्यहोर्नुपर्नेछ । नसक्नेहरूको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।

    प्रमुख जिल्ला अधिकारीहरूमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय पनि भएको छ ।

    काठमाडौं उपत्यकाको हकमा समन्वय गर्न गहृ मन्त्रालयका सह–सचिवको नेतृत्वमा एउटा कमिटी गठन गर्ने निर्णण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार