तेह्रथुम । तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जिल्ला अदालतका ८ कर्मचारी, २ जना कर्मचारीको परिवार र एक कानुन व्यवसायीमा पनि कोरोना संक्रमण भएको अदालतले जनाएकाे छ ।
जिल्ला अदालत परिसरमा हालसम्म ४१ जनाको स्वाब संकलन गरिएकोमा ११ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला अदालतका श्रेष्तेदार पारसमणि पोखरेलले बताए । अदालत परिसरमा गरिएको परीक्षणमा थप एक जना कानुन व्यवसायीलाई समेतलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका कर्मचारीहरुलाई आइसोलेसनमा पठाइएको र उनीहरुसँगै फाँटमा रहेका एक कर्मचारीलाई लक्षण नदेखिए पनि क्वारेनटाइनमा राखिएको श्रेष्तेदार पोखरेलले बताए ।
Leave a Reply