कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ । बिहीबार थप २४ जनामा संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ नाघेकाे हाे । जिल्लामा वैशाख २५ गते मायादेवी गाउँपालिकाका २ जना युवालाई पहिलो पटक संक्रमित भएको ५ महिनापछि यहाँ संक्रमितको संख्या ४ अंकमा पुगेको हो ।
बिहीबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र पुरानो सदरमुकाम बहादुरगंज बजारका २४ जनामा कोरोना पुष्टि भएको हो । ‘समुदायमै संक्रमण गएको देखिन्छ,’ कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले भने, ‘सतर्कता अपनाएर अघि बढछौं । नभए भयावह अवस्था आउँछ ।’
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या भने २ सय ४ छ । कोरोनाबाट हालसम्म जिल्लामा २ जनाको मृत्यु भइसकेको छ । समुदायमै संक्रमण फैलिएपछि दोस्रो पटक लकडाउन थपेर कपलवस्तुमा भदौ ७ गतेसम्म गरिएको छ । प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तुमा छन् ।
Leave a Reply