काठमाडाैं । तिजका बेला हुने भिडभाडलाइ मध्येनजर गर्दै दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले तिजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
आजै दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएकाे छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दो भए पनि तिजको बेलामा मान्छेहरु एकैटाउँमा जम्मा हुने र भिडभाड बढ्ने भएकाले ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
Leave a Reply