Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • मदिरा पसल बन्द गराउँदा मोरङमा तनाव

    मदिरा पसल बन्द गराउँदा मोरङमा तनाव

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.6K
    SHARES

    विराटनगर । प्रहरीले लकडाउनमा मदिरा पसल बन्द गराउन खोज्दा मोरङमा तनाव भएकाे छ। कडाइ गर्न खोज्दा मोरङको रंगेली नगरपालिका–५ आँपगाछी तनावग्रस्त बनेको हाे ।

    कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाइ गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको थियो ।



    प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको थियो ।



    लकडाउनमा खुलेका मदिरा पसल बुधबार राति बन्द गराउँदा स्थानीय व्यवसायी आन्दोलित हुँदै प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । प्रहरीले लाठी चार्ज गरेपछि बुधबार राति ७ बजेदेखि ११ बजेसम्म आँपगाछी तनावग्रस्त बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार