Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • निषेधाज्ञाको पहिलो दिन, सवारीसाधन चेकिङमा कडाई, सुनसान काठमाडौं (फोटो फिचर)

    निषेधाज्ञाको पहिलो दिन, सवारीसाधन चेकिङमा कडाई, सुनसान काठमाडौं (फोटो फिचर)

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 4.8K
    SHARES

    बानेश्वरमा हाेल्ड गरिएका सवारीसाधन

    काठमाडौं। बढ्दो कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि उपत्यकाका तीन जिल्लामा आज (विहिबार) देखि गरिएको निषेधाज्ञामा
    सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित सवारीसाधन चेक जाँचमा कडाइ गरिएको छ।

    अत्यावश्यक सेवाका सवारी साधन बाहेक बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई विहाना ९ः०० बजेदेखि १०ः३० सम्म कार्यालय जान दिइने भनिएपनि उपत्यकामा उनीहरुलाई केही बेर ‘होल्ड’ गरेर चेक जाँच गरि पठाइएको थियो ।



    केही बेर रोकेर पठाइएको भए पनि निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ ।



    नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।’

    उपत्यकामा आज निषेधाज्ञाको पहिलो दिन भएकोले नागरिकको स्वास्थ्य सुरूक्षाको हिसाबले प्रायाप्त मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ।

    सरकारले कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएकाले त्यसमाथि नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो।

    अति आवश्यकीय सवारी साधन फाट्टफुट्ट देखिए पनि बिहान सडक सुनसान झै छ।

    सडकमा खटिएका अधिकांश ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरु पीपीई विनै सवारीको परीक्षणमा जुटेका छन्।

    प्रशासनले मर्निङ वाक र इभिनिङ वाकमा समेत निषेध गरेकाले मानिसहरुको गतिविधि कम देखिन्छ।

    यद्यपी अनावश्यक रुपमा सडकमा निस्किएर निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ।

    त्यस्तै, अनावश्यक रुपमा गुडाएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ। दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

    त्यसो त उपत्यकाको प्रमुख नाकाहरुमध्येको एक हो साँगा नाका । काभ्रे र भक्तपुरको संगमस्थल साँगामा पनि सवारी साधने चेकिङमा कडाइ गरिएको साँगा प्रहरीले जनाएको छ । यद्यपी हामी झण्डै १ घण्टासम्म त्यहाँ बस्दा उपत्यकाबाट काभे्रतर्फ जाने सवारी साधनलाई भने रोकिएको देखिएन ।

    विजुली बजारमा हाेल्ड गरिएका सवारीसाधन
    सुनसान काेटेश्वर–सूर्यविनायक सडक खण्ड

     

    सुनसान भक्तपुर

     

    साँगामा चेकिङ गर्दै प्रहरी

     

    साँगामा चेकिङ गर्दै प्रहरी

     

    उपत्यका प्रवेश गर्ने साँगा नाकामा तैनथ भएका सुरक्षाकर्मी

     

    बानेश्वरमा सवारी साधन राेक्दै ट्राफिक प्रहरी

    तस्विरहरू : कुमार भण्डारी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार