Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ४ सय ४९ क्यूफिट काठ बरामद

    ४ सय ४९ क्यूफिट काठ बरामद

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 3.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैँ । डिभिजन वन कार्यालय चितवनले अवैध ४४९ क्यूफिट काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो।

    भरतपुर महानगरपालिका –१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई बुधबार नियन्त्रणमा लिइएको छ ।



    सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाइ अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले बताए।



    यस्तै इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाइ डिभिजन वन कार्यालय चितवनले मङ्गलबार बरामद गरेको छ । गाउँपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिएका छन् । सालको गोलाइको स्रोत खुलेको छैन । उनले स्थानीयवासी शङ्कर नेपालको निजी जग्गामा लगाइएको साल ल्याएको बताए पनि प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।

    त्रिपाठीको फर्निचरबाट बरामद गरिएको ३९० क्यूफिट सालको गोलाइ काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठका विषयमा अनुसन्धान थालिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी खनालले जानकारी दिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार