Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • वीरगन्जको बयोधालाई पीसीआर परीक्षण गर्न रोक

    वीरगन्जको बयोधालाई पीसीआर परीक्षण गर्न रोक

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 3.9K
    SHARES

    वीरगन्ज — वीरगन्जको नारायणी बयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । अस्पतालले एक सातादेखि संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो ।

    अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ ।



    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मंगलबारबाट स्वाब संकलन र परीक्षणमा रोक लगाएको बताए । अस्पतालले गरेको परीक्षणको नतिजा र संख्याबारे जिल्ला संकट व्यवस्थापन केन्द्रलाई कुनै जानकारी गराइएको थिएन । यसले गर्दा संक्रमितको यकिन तथ्यांक र व्यवस्थापनमा कठिनाइ भएको थियो । स्थानीय प्रशासनले रोक लगाएपछि अस्पताल प्रशासनले मंगलबार सूचना जारी गरी पीसीआर टेस्ट अर्को सूचना नहुन्जेलसम्म स्थगित गरिएको जनाएको छ ।



    गत साउन २८ देखि अस्पतालले स्वाब संकलन सुरु गरेको थियो । एउटा स्वाब परीक्षणबापत ५ हजार ५ सय रुपैयाँ लिने गरेको थियो । वीरगन्जमा संकलन गरिएको स्वाब परीक्षणका लागि बिध ल्याबमा पठाउने गरेको थियो । कोरोनाको हटस्पट बनेको वीरगन्जमा पीसीआर परीक्षणका लागि एउटा मात्र नारायणी अस्पतालको प्रयोगशाला छ । शुल्क तिरेर स्वयं परीक्षण गराउँदा पनि नारायणीको प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने गरेको छ । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार