Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बलात्कारीको रोहबरमा वडा कार्यालयबाटै कांग्रेसको पार्टी सदस्यता वितरण !

    बलात्कारीको रोहबरमा वडा कार्यालयबाटै कांग्रेसको पार्टी सदस्यता वितरण !

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 4K
    SHARES

    धादिङ। धादिङको ज्वालामुखि गाउँपालिका २ का वडाध्यक्ष रणबहादुर शाहीले वडा कार्यालयलाई पार्टीको अखडा बनाएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित शाहीले वडा २ को वडा कार्यालय सातबाटोको भवनमा पार्टी सदस्यता वितरण गर्दै गरेको तस्विर नै सार्वजनिक भएको छ ।

    वडा कार्यालय भवनमा बलात्कार मुद्दामा जेल सजाय समेत भागेका उनकै पार्टीका नेता लाल बाहादुर कार्कीको रोहबरमा पार्टी प्रवेश गराउने देखि विभिन्न योजनामा ब्रम्हलुट मच्चाउँदै आएका छन् ।



    शाहीले केही दिनअघि ज्वालामुखि २ कै एक बृद्धलाई पार्टी सदस्यता वितरण गरिरहेको तस्विर देख्न सकिन्छ । ती बृद्धसँगै उभिएका हाफ कट्टु लगाएका लाल बहादुर भने स्थानिय बालीकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा जेल सजाय भोगेका व्यक्ति हुन् ।



    उनी जिल्ला कारागार धादिङमा ५ वर्ष सम्म कारागार जीवन विताएका थिए । बलात्कार अभियोगमा पक्राउ पर्दा उनी पूर्व माओवादीको सचिव थिए । माओवादी नेताहरुले जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित नै भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।

    जेलबाट निस्किएपछि कार्कीलाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको थियो । कांग्रेस प्रवेश गरेपछि उनलाई वडाले नै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको संयोजक बनाएको थियो । बलात्कार जस्तो जघन्य अपराध प्रमाणित भएका व्यक्तिलाई वडाध्यक्ष शाहीले अधिकांश उपभोक्ता समितिमा अघि सार्ने गरेका छन् ।

    आफ्नो घरभन्दा केही तल मात्रै रहेकी एक युवतीलाई बलात्कार गरेको प्रमाणित भएपछि जेल सजाय भोगेर आएका कार्कीबाट गाउँका जनता समेत त्रसित हुन थालेका छन् । वडा नम्बर २ मा शाही र बलात्कार अभियोग प्रमाणीत कार्की बीचको मिलेमतोमा लाखौँको योजनामा अनियमितता भएको ज्वालामुखि- २ का एक स्थानियको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार