Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोरु काटेको आरोपमा ४ जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोरु काटेकाे आराेपमा ४ जनालाई पक्राउ गरेकाे छ । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका ४ दमै चौतारामा गोरु काटेर खाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनचौपारी गाँउपालिका-४ का २८ वर्षीय दीपक नेपाली, २६ वर्षीय शिव नेपाली, २३ वर्षीय खेम परियार र ३४ वर्षीय प्रेम नेपाली रहेका छन् ।

सोमबार गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई गोरुको मासु सहित फेला पारी पक्राउ गरिएकाे हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077