Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेप्से ५.६८ अंकले बढ्यो

    नेप्से ५.६८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको तेस्रो दिन आज मंगलबार बढेको छ । आज नेप्से ५ दशमलव ६८ अंकले बढेर १ हजार ४०७ दशमलव ८९ विन्दुमा कायम भएको हो ।

    नेप्सेका अनुसार आज एक अर्ब २३ करोड बढीको कारोबार भएको छ । एक सय ८९ कम्पनीहरुको १६ हजार आठ सय वटा कारोवारमा ४१ लाख १४ हजार पाँच सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २३ करोड ९० लाख १७ हजार चार सय २६ रुपैयाँ पुगेको छ ।



    नेप्सेमा आज १२ वटा समुहको कारोवार भएको छ । सो मध्ये पाँच वटा समुहको सुचक घटेकाछन भने सात वटाको बढेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४७ अंकले घटेर ११ सय ८८ दसमलव ४९ बिन्दुमा झरेको छ भने बिकास बैंक समुहको सुचक एक दसमलव ५३ अंकले घटेर १७ सय ४१ दसमलव ७३ बिन्दुमा झरेको छ । यसैगरी होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।



    निर्जिवन बीमा समुहको सुचक भने आज ५० दसमलव ८६ अंकले बढेर छ हजार आठ सय १६ दसमलव ३४ बिन्दुमा चढेको छ । यसैगरी जीवन बीमा, जलबिद्युत, लघुबित्त, ट्रेडिङ, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।

    आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९८ पैसाले बढेर २९ सय १० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ६७ पैसाले घटेर ५६ रुपैयाँमा कारोवार भएको छ ।

    रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २९ सय १० रुपैयाँ अन्तिम मुल्यमा १६ करोड ६० लाख ८५ हजार नौ सय ५९ रुपैयाँको सेयर कारोवार भएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार