Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • साँखुमा १५ जनामा कोरोना संक्रमण

    साँखुमा १५ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 4.9K
    SHARES

    साँखु । शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ ।

    सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए। यो साता नगरपालिकामा २६२ जनाको पिसिआर परीक्षण गरेको बताउँदै चापागाईंले सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिए ।



    नगरपालिकाले सङ्क्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहनुभएका प्रमुख चापागाईंले बताए। सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार