Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेप्सेमा दाेहाेराे अंककाे सुधार

    नेप्सेमा दाेहाेराे अंककाे सुधार

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७५ अंकले बढेर १ हजार ४ सय २ दशमलव २१ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने परिसूचक पनि १ दशमलव १४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै उपसमूहहरु हरियाली देखिएका छन् ।

    सबै भन्दा बढी प्रतिशत बढ्नेमा निर्जिवन बीमा कम्पनी उपसमूह देखिएको । निर्जिव बीमा २,४६ प्रतिशत अर्थात १६२ दशमलव १३ अंकले बढेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत राम्रै भएको छ । दिनभर भएका १८४ कम्पनीको १६ हजार ७ सय २४ कारोबारबाट ३५ लाख ९१ हजार ४८ कित सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार