Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

    क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    मंगलबारे । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

    उनको मृत्युपछि सबै त्रस्त थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।



    उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार