Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आचरण विपरीत काम गर्ने जर्नेलसहित ३ सैनिक बर्खास्त

    आचरण विपरीत काम गर्ने जर्नेलसहित ३ सैनिक बर्खास्त

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडाैं । सैनिक अदालतले नेपाली सेनाका सहायक रथी (जर्नेल) सहित तीन सैनिकलाइ बर्खास्त गरेकाे छ । सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई आइतबार सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । सैनिक अदालतले ती सैनिकहरु उपर पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी गरेको अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहर गरेको हो ।

    नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला भएको छ। अदालतले सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला गरेको छ।



    प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत तथा महा सेनानी राजेन्द्र मणी गिरी र अवकास भइसकेका लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाई दिने फैसला गरेको छ। आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम सुदृढीकरणको कार्यमा प्रतिवद्ध रहेको नेपाली सेनाले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार