काठमाडाैं । पर्सामा जारी गरिएकाे निषेधाज्ञालाई प्रभावकारी बनाउने स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेकाे छ । वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
जिल्ला सुरक्षा समितिकाे शनिबार बसेकाे निर्णय अनुसार जारी निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गतेबाट जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना भाइरस संक्रमणको चेनलाई ब्रेक गर्न निषेधाज्ञा जारी गरिए पनि मानिसको आवागमन नियन्त्रण नभएको र संक्रमण पनि बढ्दै गएकाले सेना परिचालन गर्ने अवस्था आएको बताइएको छ । प्रहरी र सेनाको संयुक्त गस्तीले निषेधाज्ञालाई प्रभावकारी बनाउने प्रशासनको विश्वास छ ।
Leave a Reply