Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चितवनका ६ पालिकामा कर्फ्यु जारी

    चितवनका ६ पालिकामा कर्फ्यु जारी

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 4K
    SHARES

    काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनले माडी नगरपालिका बाहेक पाँच वटा पालिकामा आइतबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा(कर्फ्यु) जारी गरेको छ । भरतपुर महानगरपालिकामा भने गएकाे शुक्रबारदेखि नै निषेधाज्ञा जारी गरिएको छ । भरतपुरलगायत छ वटा पालिकामा निषेधाज्ञाको अवधि भदौ ५ गतेसम्मको लागि तोकिएको छ ।

    रत्ननगर, खैरहनी, राप्ती,कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । यी पाँच पालिका प्रमुखसँग आइतबार दिउँसो बैठक बसी निषेधाज्ञा जारी गरिएको हो । चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको हो ।



    बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यकीय सामान खरिद गर्न पाइने समय तोकिएको छ । मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव वाहन, तरकारी, फलफुल, दूध ढुवानी र पशुपंक्षीको दाना बाेक्ने सवारी साधन गुड्न पाउने छन् । निषेधाज्ञाको उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार