Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • चीनले शुरु गर्‍यो डिजिटल मुद्राको प्रयोग

    चीनले शुरु गर्‍यो डिजिटल मुद्राको प्रयोग

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.7K
    SHARES

    चीन। नोटबाट पनि कोरोना भाइरसको फैलावट व्यापक बनेको अनुसन्धानहरूले देखाएपछि कोरोना भाइरस फैलिन शुरु गरेको मुलुक चीनले डिजिटल करेन्सी (अभौतिक मुद्रा)को प्रयोगका विषयमा गुरुयोजना नै तयार गरेको छ ।

    शुक्रवार चीनको अर्थमन्त्रालयले जारी गरेको त्यहाँको केन्द्रीय बैंकको डिजिटल करेन्सीबारेको नीतिले चीन चाडै नै नोटको सट्टा विद्युतिय (अभौतिक) मुद्राको प्रचलनमा पुर्णरुपमा जाने देखिएको छ । चीनका ठुला सहरहरू गोनजाओ, हङकङ, मकाउ, बेइजिङ, तियानीन, हवेई, याङसी, लगायतका महानगरमा यसको परीक्षण प्रयोग शुरु भइसकेको छ ।



    अहिले सेन्जेन, छेन्दु, सुजौँउ र जियोङ सहरमा यसको परीक्षण प्रयोगलाई अघि बढाइएको छ । त्यहाँको केन्द्रीय बैंक दि पिपुल्स बैंक अफ चाइनाले सेन्ट्रल बैंक डिजिटल करेन्सीले अघि सारेको यो प्रोजेक्टलाई अनुगमन गरिरहेको छ ।

    गएको अप्रिल महिनामा परिक्षणका लागि तयार गरिएको डिजिटल करेन्सी त्यहाँका अन्य बैंकहरलेसमेत डिजिटल वालेटका रुपमा प्रयोग गर्ने भएका हुन् । अब संसारले नोटको रुपमा नभई डिजिटल युआन प्रयोग गर्न पाउनेछ ।

    राज्य नियन्त्रित चीनको ग्लोबल टेलिभिजन नेटवर्कले जनाए अनुसार सो डिजिटल युआन बैंकबाट पैसा निकाल्न, भुक्तानी गर्न र पैसा स्थानान्तर गर्न समेत सकिने खालको छ । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार