Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • विवाद सुल्झ्याउन मन्त्रिमण्डल पुनर्गठनको तयारीमा ओली

    विवाद सुल्झ्याउन मन्त्रिमण्डल पुनर्गठनको तयारीमा ओली

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केही महिनादेखि वरिष्ठ नेताहरूबीच वादविवाद चलिरहेकाे छ। साेही विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको स्राेतकाे भनाइ छ।

    महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेका भएकाे हाे। पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत शुक्रबार उक्त ६ सदस्यीय कार्यदल गठन गरेका थिए।



    कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारीपछि सो पार्टीका नेता कार्यकर्तामाझ मन्त्रिमण्डल पुनगर्ठनको चर्चा चल्न थालेको हो । खासगरी पार्टीमा देखिएका आन्तरिक समस्या सम्बोधन गर्ने तथा पार्टी एकता अक्षुण राख्नेगरी प्रस्ताव तयार गर्न कार्यदललाई भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार