Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नेपाल प्रहरीका डिआईजीसहित ६ सय २० जनामा कोरोना संक्रमण

    नेपाल प्रहरीका डिआईजीसहित ६ सय २० जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एक डिआईजीलाई पनि कोरोना संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो । उनको अवस्था सामान्य छ ।

    हालसम्म नेपाल प्रहरीका ६ सय २० जनामा कोरोना संक्रमण पाइएको छ भने २ सय ४० जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा हाल ३८० जना सक्रिय संक्रमित छन् ।



    जसमध्ये प्रहरी प्रधान कार्यालयकै १५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, वाग्मती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२,कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।



    सशस्त्रका २२७ जनामा संक्रमण
    फ्रण्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको छ । सशस्त्र प्रहरीका पनि २ सय २७ जनामा कोरोना संक्रमण पाइएको हो भने १ सय २७ जना डिस्चार्ज भएका छन् ।

    सशस्त्र प्रहरीमा अहिले ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३८, प्रदेश २ का ३७, वाग्मती प्रदेशका १६ र प्रदेश ५ का २ जना रहेको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार