बुटवल। बुटवल उपमहानगरपालिका–३ जना कर्मचारीसहित १६ जना कोरोना संक्रमण देखिएकाे छ।
३ जना नगरपालिकाका कर्मचारीसँगै १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।
बुटवलमा सक्रिय संक्रमितको संख्या मात्र ५६ पुगेको छ । शनिबार मात्र बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एक जना अधिकृतमा पनि संक्रमण देखिएको थियो ।
संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आइतबार ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो । पछिल्लो रिपोर्टसँगै उपमहागरमा कुल संक्रमितको संख्या ८० पुगेको छ ।
Leave a Reply