Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • नेपालमा सुन काण्ड : भारतीय गुप्तचर र दाउद समुहबीचको लडाईंको पोल खुल्दै

    नेपालमा सुन काण्ड : भारतीय गुप्तचर र दाउद समुहबीचको लडाईंको पोल खुल्दै

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं। भारतीय नक्कली नोट तस्करी प्रकरणमा थुनामा रहेका युनुस अन्सारीका व्यापारिक साझेदार इल्ताफ हुसेन सेटिङमै पक्राउ परी जेल बस्न नक्कली सुनकाण्डमा मुछिएका छन्।

    जेलबाहिर रहँदा भारतीय सुरक्षा अधिकारी र आपराधिक समूहबाट धम्की आएपछि नक्कली सुनकाण्डको योजना बनाई प्रहरीलाई सुराकी दिन लगाई हुेसेन पक्राउ परेका हुन्। प्रहरी उच्च स्रोतका अनुसार पाकिस्तानमा रहेका हुसेन लकडाउनअघि नेपाल आएका हुन्। त्यसअघि पनि सुनको कारोबार गर्ने गरेको सुइँको भारतीय आपराधिक समूह र सुरक्षाकर्मी दुवैले पाएपछि उनलाई आफूमाथि सुरक्षा थ्रेट भएको महसुस भएको जनाइएको छ। उनी भारतीय सुरक्षाकर्मीको निगरानीमा थिए।



    पर्सा प्रहरीको सहयोगमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर काठमाडौं ल्याएपछि हुनेनले सामान र हतियार दुवै आफ्नो नभएको बयान दिएका छन्।



    उनले त्यसबारे सबै भारतीय नागरिक सञ्जय पटेललाई थाहा भएको र आफूले गाडी मात्रै दिएको बताएका छन्। सञ्जय को हुन् भन्नेबारे प्रहरीले केही बताउन चाहेको छैन। एक वर्षअघि नै सञ्जय र इल्ताफबीच चिनजान भएको थियो। तर उनले कौशल पटेल र देवान पटेललाई भने नचिन्ने बताएका छन्। निलेश सखियासँग भने भर्खरै चिनजान भएको उनको भनाइ छ। भारत गुजरात घर भएका सञ्जय पटकपटक नेपाल आउने गरेका थिए। नेपाल आएदेखि नै उनी हुसेनको सम्पर्कमा थिए।

    सुनमा जलप लगाउने पैसा पनि सञ्जयमार्फत नै आएको प्रहरीको दाबी छ। ‘सञ्जयले हुन्डीमार्फत आएको पैसा प्राप्त गरेको बयान छ। हुन्डीको कारोबार भने विकास अग्रवालले गरेको देखिन्छ तर उनी बिरामी भएको बहानामा भारतमा छन्। अग्रवालले सञ्चालन गरेको हुन्डीमार्फत आएको रकम सञ्जयले बुझ्ने गरेका थिए।  अग्रवालका मुख्य ग्राहक सञ्जय थिए। सञ्जयले ल्याएको पैसा निलेश, देवान र कौशलले सुनको जलप लगाउन प्रयोग गरेका थिए।

    भारतमा दाउद इब्राहिमको ग्याङलाई खतम गर्न छोटा राजन र बब्लु श्रीवास्तवका ग्याङ अहिले पनि परिचालित छन्। बब्लु जेलमै भए पनि सरकारी सुरक्षा संयन्त्रले सुराकीका लागि पटकपटक प्रयोग गर्दै आएको छ। ‘निश्चित लेबलको सूचना लिएर दाउदको ग्याङलाई समाप्त पार्ने र इल्ताफ हुसेन पनि युनुस अन्सारी हुँदै दाउदसँग जोडिएको व्यक्ति भएकाले भारतीय पक्षले उनलाई सकेसम्म सफाया गर्ने नभए पनि कुनै न कुनै रूपमा निष्क्रिय बनाउने खेलमा लागेको नेपाल प्रहरीको विशेष ब्युरो स्रोतको दाबी छ।

    हुसेन नक्खु जेलमा रहेकै बेला बाहिर निस्किए सुरक्षा नहुने भन्दै जेलमै बस्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्ने गरेको स्रोतको भनाइ छ। उनी जेलबाट छुटेपछि पनि कहिले पाकिस्तान र कहिले नेपाल बस्दै आएका थिए। आर्थिक रूपमा अत्यन्तै सबल रहेका हुसेनको सम्पत्ति छानबिनमा पनि प्रहरी लागेको छ। नेपालमा आएको पैसा हुन्डी सञ्चालक अग्रवालले सञ्जयलाई दिने गरेका थिए।

    अहिले अग्रवाल फरार भए पनि प्रहरीले उनलाई फरार सूचीमा राखेको छैन। देवन र कौशलले पैसा हुन्डीमार्फत आउने र अग्रवालमार्फत लिने गरेको बयान दिइसकेको भए पनि प्रहरीले अग्रवाललाई किन फरार सूचीमा राखेको छैन भन्ने प्रश्न उठेको छ।

    यो विषयमा विशेष ब्युरो र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अन्सारी–हुसेन तथा भारतीय अपराधीहरूको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष ब्युरोले भारतीय व्यापारी र तस्करहरूसँग उनीहरूको सम्पर्क–सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ। ‘

    इल्ताफले भारतीय नक्कली नोटको कारोबार गरेरै करोडौं मूल्यको घर, जग्गा र गाडी जोडेका थिए। प्रहरी स्रोतका अनुसार पाँच वर्षअगाडि उनले किनेको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी यसपटक नक्कली सुन बोक्न प्रयोग भएको थियो।

    नेपाल–भारत सीमा नाकामा हुर्केका हुसेनले वीरगन्जबाट सानैदेखि तस्करीको काम गरेका कारण अन्सारीले पटकपटक प्रयोग गर्दै आएका थिए। हुसेन वीरगन्ज बसेर पाकिस्तानबाट आएको नक्कली नोटलाई भारतीय तस्करसम्म सहजै पु¥याउन सक्ने अन्सारीका एक मात्र विश्वासपात्र हुन्। २०७२ जेठ ३० गते भारतीय नक्कली नोट कारोबारको अभियोगमा सातदोबाटोबाट पक्राउ परेपछि उनी पाँच वर्ष जेल बसेका थिए। (नागरिक दैनिकमा खबर छ )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार