वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाराका ३ जना, वीरगञ्जका २० जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला स्रोतले जनाएको छ ।
यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा १० जना महिला छन् ।
Leave a Reply