Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लिदी पहिरोबारे कांग्रेसको प्रश्न – देशमा सरकार हुनुको अर्थ के रह्यो ?

    लिदी पहिरोबारे कांग्रेसको प्रश्न – देशमा सरकार हुनुको अर्थ के रह्यो ?

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ — सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा स्थानीयले ज्यान गुमाउनुको दोषी सरकार रहेको कांग्रेसले बताएको छ । कांग्रेसले पहिरोको जोखिमबारे स्थानीयले राज्यका निकायसँग बस्ती सारिदिन आग्रह गरेको तर सुनुवाइ नभएको भन्दै लिदी पहिरोमा स्थानीयले ज्यान गुमाउनुपर्नाको जिम्मेवार सरकार रहेको बताएको हो ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई प्रश्न गरेका छन्, ‘जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीबासीका लागि देशमार सरकार हुनुको अर्थ के रह्यो ?’



    लिदीमा शुक्रबार गएको पहिरोमा परेर हालसम्म १८ जनाको मृत्यु भएको छ भने २१ जना अझै बेपत्ता छन् । उनीहरूको उद्दारको कार्य जारी रहेको बताइएको छ ।



    लिदीबासीले यसअघि नै बस्ती स्थानान्तरणका लागि निवेदन दिएका थिए । कांग्रेसले जारी गरेको विज्ञप्तिमा उक्त कुराको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पहिरोमा जसले ज्यान गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होइन राज्यको अक्षम्य गल्ती हो । प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो ।’ कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार