Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यी जिल्लाहरु जसले कोरोनालाई जिते

    यी जिल्लाहरु जसले कोरोनालाई जिते

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । २६ हजार १९ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (शनिबार) को नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने निको हुनेको संख्या १२४ जना रहेको छ ।



    नेपालमा हालसम्म कोरोना संक्रमणबाटै १०२ जनाको मृत्यु भइसकेको छ ।

    नेपालका ७७ मध्ये पाँचवटा जिल्लामा कोरोना संक्रमण शुन्य भएको छ । प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमण शुन्य हुने जिल्लाहरुमा संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार