Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लिदी पहिरो अपडेट : बेपत्ता ३९ मध्ये १६ जनाको शव भेटियो, सबैको सनाखत

    लिदी पहिरो अपडेट : बेपत्ता ३९ मध्ये १६ जनाको शव भेटियो, सबैको सनाखत

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव भेटिएको हो र उनीहरु सबैको सनाखत भएको छ ।



    प्रहरीका अनुसार मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् । मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, र ५ वर्षीया प्रिती दोङ रहेका छन् ।



    त्यसैगरी ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कबिर दोङ रहेका छन् ।

    गाउँपालिकाले पुष्टि गरेको ३८ जनाको सूचीमा वडाध्यक्ष प्रताप लामाको टोलीले स्थानीय कबिर दोङ बेपत्ता भएको नाम नभएको जानकारी दिएपछि एक जना बेपत्ता थपिएको छ ।

    आहिले थपिएका एक जनासहित २३ बेपत्ताको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको ५५ जनाको टोलीले खोजी कार्य तीव्र बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार