Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच के कुराकानी भयो ?

    प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच के कुराकानी भयो ?

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ ।

    भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन ।



    तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको छ ।

    परराष्ट्रमन्त्रालयका अनुसार फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएका छन् । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।

    ‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गरेका छन् ।

    प्रधानमन्त्री ओलीले मोदीको छिमक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ ।

    ओली र मोदीच कोभिड-१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

    दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धार जारी वक्तव्यमा उल्लेख छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार