Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

    लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 3.2K
    SHARES

    लिस्बन । यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। शुक्रबार राति लिस्बनमा भएको क्वाटरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ को गोल अन्तरले हराएको हो ।

    पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा बार्सिलोना वार्यन सामु निरीह सावित भयो । वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता बनाएको थिए । सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं मिनेटमा वार्यनका खेलाडीले गोल गरी पहिलो हाफमा नै ४–१ को अग्रता बनाए । ५७औं मिनेटमा लुइज सुवारेजे गोल गरी बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर ६३औं मिनेटमा वार्यनका लागि किम्मिचले गोल गरी पुन बार्सिलोनालाई निराश बनाए ।



    ८२औं मिनेटमा रोवेर्टा लेवान्दोस्कीले गोल गरे । खेलको अन्तिमतिर ८५औं र ८९औं मिनेटमा यसै सिजन मात्रै बार्सिलोनाबाट वार्यन गएका ब्राजिलियन मिलफिल्डर फिलिप कोटिन्होले गोल गर्दा बार्सिलोना जल्जास्पद हार व्यहोर्न बाध्य भयो । यस सिजन बार्सिलोना उपाधिबिहनी बन्न पुगेको छ । स्पेनिस लिग ला लिगामा उप विजेता मै सीमित भएको बार्सिलोना स्पेनको पुरानो प्रतियोगिता कोपा डेल रेमा पनि अघि बढ्न सकेन ।



    बार्सिलोना सन् १९४६ को कोपा डेल रेको फाइनलमा सेभियासँग ८ गोल खाएयता पहिलो पटक बायर्नसँगको खेलमा ८ गोल खाएको हो । त्यस्तै सन् १९५१ मा स्पेनिस लिगमा इस्पान्योलसँग ६–० को हार बेहोरेको बार्सिलोनाले त्यसयता ठूलो अन्तरको हार बेहोरेको छ ।

    च्याम्पियन्स लिगको यो खेललाई सन् २०१४ को विश्वकप सेमिफाइनलसँग तुलना पनि सुरु भएको छ, जसमा मुलर सम्मिलित जर्मनीले ब्राजिललाई ७–१ ले हराएको थियो ।जर्मनीले त्यो विश्वकप जितेको थियो र अब बायर्न पनि च्याम्पियन्स लिग उपाधिका लागि बलियो दाबेदार भएको छ । सेमिफाइनल पुगेको बायर्नले अब म्यानचेस्टर सिटी अथवा लियोनको सामना गर्नेछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार