Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘गगन थापा कुनै नेताको फेर समातेर नभई सडकले बनाएकाे नेता हुन्’

    ‘गगन थापा कुनै नेताको फेर समातेर नभई सडकले बनाएकाे नेता हुन्’

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ — गगन थापा समाजको आम तप्काका लागि सुनिने र देखिने प्रतिपक्ष हुन् । उनी सरकारको मात्रै होइन, आफ्नो पार्टी कांग्रेसमा पनि प्रतिपक्षी भूमिकामा छन् । धेरैले भन्छन्, ‘थापा संसद्मा नभएको भए कांग्रेसको भूमिका अझै खुम्चिन्थ्यो । उनीजस्तै युवाको उपस्थिति पार्टी केन्द्रीय कार्यसमितिमा नभइदिएको भए नेतृत्वको मनमोजी अझै चल्थ्यो ।’

    कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्यका अनुसार थापा कुनै नेताको फेर समातेर नभई सडकले बनाएका नेता हुन् । ०६२/०६३ को जनआन्दोलन यताका समयमा समाजको मुद्दा बोक्न र मुद्दालाई आम जनतामाझ सञ्चार गर्न सक्ने क्षमता कांग्रेसमा बीपीपछि थापामा आफूले देखेको आचार्य सुनाउँछन् । ‘उनको लोकप्रियतालाई भजाउन सक्ने हो भने पार्टीलाई धेरै माथि ल्याउन सकिन्छ,’ उनले भने, ‘तर कांग्रेसमा त्यस्तो संस्कृति छैन ।’



    पार्टीले लोकप्रियता भजाउन नसके पनि आफैंले निर्माण गरेको जगबाट माथि आउन थापाको संघर्ष भने जारी छ । पार्टीभित्रको गुट उपगुट, नेताहरूको सिन्डिकेड र प्रतिनिधिमूलक परम्परागत निर्वाचन प्रणाली छिचोल्दै नेतृत्व सम्हाल्ने भूमिकामा आउन उनीजस्ता नेतालाई ठूलै सकस पर्ने देखिन्छ । जस्तो, १३ औं महाधिवेशनमा पर्‍यो । एकातिर बीपी कोइरालाको विरासत बोकेका शशांक कोइराला थिए, अर्कोतर्फ आफ्नै ससुरा अर्जुननरसिंह केसी । पार्टीको मूलधारको प्रतिनिधित्वसमेत कोइराला र केसीकै पक्षमा थियो । सभापति शेरबहादुर देउवा प्यानलमा केसी र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट कोइराला खडा थिए । दुइटै टिमको प्यानलमा ठाउँ नपाएपछि उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा उनी जोडिए । कान्तिपुर दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार