Online Nepal
  • बुधबार, १० पुष २०८१
  • दोलखामा भदौ ६ गतेसम्म लकडाउन

    दोलखामा भदौ ६ गतेसम्म लकडाउन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 4.1K
    SHARES

    चरीकोट । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखा जिल्लामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

    जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।



    भोलि बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार