Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कतारबाट २८ महिलासहित २६३ नेपाली स्वदेश फर्किए

    कतारबाट २८ महिलासहित २६३ नेपाली स्वदेश फर्किए

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । कतारबाट ३० औँ उडानमार्फत २६३ जना नेपाली स्वदेश फर्किएका छन् । दोहाबाट काठमाडौँका लागि उडेको नेपाल एयरलाईन्सको जहाजमा २८ महिलासहित २६३ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

    स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाइका लागि सचीव भट्टराईले, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।



    कतारबाट नेपाल फर्किन चाहाने नेपालीको संख्या १३ हजार २५५ भएपनि हालसम्म कतारबाट ५ हजार ४ सय ६५ जना नेपाली मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ । कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने नेपाली श्रमिकहरुको संख्या बढीरहेको दूतावासले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार