Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जल्दाबल्दा समस्या समाधानमा सरकार पुर्ण रुपमा असफल : राप्रपा अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको बिश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टिका कारण ‘गाईजात्रा’ देखाएको बताएका छन् ।

पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा प्रकाशित मुखपत्र ‘परिश्रम’ त्रैमासिक बुलेटिनको आज एक सामारोहका बिच बिमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पुर्ण रुपमा असफल भएको , जिम्मेवारीबाट च्युत हुँदै गएको बताए ।

थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना महामारीका बिचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताए । सर्बसत्ताबाद,भ्रष्टाचार र धर्म परिबर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रभाबहिन देखिएको बताए ।

देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसङ्ग कुनै नीति,योजना र कार्यक्रम नभएको, सरकार निदायर बसेको तर अबस्था भयाबह भन्दै थापाले सरकारको तीखो आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077