Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार नाघ्याे, आज २४० जना डिस्चार्ज

    कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार नाघ्याे, आज २४० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा शुक्रबार थप २४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डस्चार्ज हुनेको संख्या १७ हजार ७७ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार कुल संक्रमितहरु मध्ये ६६.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यसैबीच नेपालमा आज थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार