Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चितवनकाे भरतपुर महानगरमा एक हप्ता लकडाउन

    चितवनकाे भरतपुर महानगरमा एक हप्ता लकडाउन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । चितवनकाे भरतपुर महानगरपालिकाले आज राति १२ बजेबाट एक हप्ता लामाे लकडाउनकाे घाेषणा गरेकाे छ । चितवनमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेसँगै महानगरपालिकाले लकडाउन गर्ने निर्णय लिएको हो ।

    शुक्रबार महानगरपालिकामा प्रहरी र प्रशासनको पनि संयुक्त बैठक बसेर लकडाउन गर्ने निर्णय भएको भरतपुर–१० का वडाध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।



    ‘संक्रमण तीव्र भएसँगै यस्तो निर्णय लिएको हो । लकडाउन पहिला पनि भएको हो । तर पहिलाको भन्दा पनि पालनाका हिसाबले कडिकडाउ गर्ने गरेर यो हप्ता भरतपुरमा लकडाउन हुने भएको छ’ प्रवक्ता भण्डारीले भने ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार