Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • त्रिविबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न नेविसंघको माग

    त्रिविबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न नेविसंघको माग

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

    प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो ।



    त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाएर फसाउन खोजेको संघले आरोप छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार