Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गाउँपालिकाका अध्यक्ष खड्का नै फिरौती असुलीमा पक्राउ

    गाउँपालिकाका अध्यक्ष खड्का नै फिरौती असुलीमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 5.7K
    SHARES

    काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् ।

    स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले जानकारी दिए ।



    तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित खड्कालाई पार्टीको नीति र जनताको भावनाविपरीत अगाडि बढेको भन्दै नेकपाले गत वर्ष पार्टीको जिल्ला सदस्यलगायत सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।



    ग्रामिण विद्युतिकरणमा ११ करोड घोटला गरेको अभियोगमा पनि खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छनविन गरिहेको छ ।

    अघिल्लो वर्ष अध्यक्ष खड्काले आफूसँग २ करोड रकम माग गरेको र नदिए छोरी मार्ने धम्की समेत दिएको भन्दै लोप्चन भनिने मिलन लामामाथि गोली प्रहार गर्न प्रहरीलाई दुरुपयोग गराएका थिए ।

    खड्का पटक–पटक विवादमा पर्दै आएका व्यक्ति हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार