Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सिआईबीको नाममा ठगी गर्न खोज्ने पक्राउ

    सिआईबीको नाममा ठगी गर्न खोज्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले आफूलाई पत्रकार भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआईबीमा पत्रचार भइसकेको र सिआईबीका इन्सपेक्टरलाई ५ लाख दिएमा मुद्दा (ढुस) रद्द बनाउने भन्दै ठगी गर्ने निलकण्ठ नगरपालिका–१४ धादिङका शंकर प्रसाद अधिकारीलाई सिआईबीले पक्राउ गरेको हो ।



    आफूलाई आलोचना साप्ताहिकका सम्वाददाता बताउने अधिकारीलाई काठमाडौं–३ बसुन्धाराबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआईजी सहकुलबहादुर थापाले जानकारी गराए ।



    डिआईजी थापाका अनुसार अधिकारीले विभिन्न बहानामा अन्य व्यक्तिहरुलाई पनि ठगी गरेको हुनसक्ने हुनाले सो सम्बन्धमा अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरिय प्रहरी बृत्त महाराजगञ्जमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार