Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गर्न ओली–प्रचण्डबीच सहमति

    विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गर्न ओली–प्रचण्डबीच सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् ।

    बालुवाटार स्रोतका अनुसार आज प्रधानमन्त्री निवासमा भएको छलफलमा अध्यक्षद्धयबीच कार्यदल बनाउने सहमति भएको हो ।



    कार्यदलको संयोजक महासचिव विष्णु पौडेल छन् भने सदस्यहरुमा जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेको बताइएको छ।



    कार्यदलमा प्रतिनिधित्व गर्ने महासचिव पौडेल र सदस्य शंकर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुन् । यस्तै सदस्यद्वय पम्फा भुसाल र जनार्दन शर्मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । कार्यदलको भागबण्डमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि भाग पाएका छन् । नेता भीम रावल र सुरेन्द्र पाण्डे दुबैजना नेता नेपालनिकट मानिन्छन् ।

    पछिल्लो समय दुई अध्यक्षबीचको सहमति र पार्टी सचिवालयबाट मात्रै सबै विवाद समाधान गर्नुपर्ने अडानबाट प्रम ओली हटेका हुन् । यस्तै प्रचण्ड पनि स्थायी समिति बैठकबाट निर्णय हुनुपर्ने अडानबाट पछि हटेका छन् ।

    गठित कार्यदलले विवाद समाधानको लागि सिफारिस गर्ने बताइएको छ । कार्यदलको सिफारिस दुबै अध्यक्षले मान्ने सहमति समेत भएको छ ।

    अहिलेसम्म दुई अध्यक्षबीच चैतमा पार्टी एकता महाधिवेशन गर्ने, ओली ५ वर्ष नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म प्रचण्डले पार्टीका काम कार्यकारी अधिकारसहित सम्हाल्ने, महाधिवेशनपछि ओलीले पार्टी अध्यक्ष छाड्ने, वैचारिक विषय सहमतिमा टुंग्याउने लगायतमा मौखिक सहमति भैसकेको नेकपा स्रोतले नेपाल फेसलाई बताएको छ। गठित कार्यदलले यिनै विषयलाई लिखित रुप दिने ती स्रोतको दावी छ ।

    ओलीले बिहीबारको छलफलमा यी सबैलाई लिखित रुप दिन कार्यदल पनि बनाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे अरु नेतारुसँग छलफल गरेर जवाफ दिने बताएका थिए ।

    बिहीबार नै प्रचण्ड यो प्रस्ताव बारे माधव नेपाल लगायतका नेतालाई ब्रिफिङ गरेका थिए । कार्यदलका सदस्यमा प्रचण्डको प्रस्ताव प्रम ओलीले मानेसँगै यसको गठनमा सहमति भएको हो ।

    कार्यदलले विवाद समाधानका लागि सुझाव दिने र दुई अध्यक्षले त्यसलाई पालना गर्ने सहमति भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार