Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कालीकोट पहिरो : मृतक ६ जना बालबालिकाको सनाखत

    कालीकोट पहिरो : मृतक ६ जना बालबालिकाको सनाखत

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 4.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कालीकोटको महाबै गाउपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका ६ जना बालबालिकाको सनाखत भएको छ ।

    पहिरोमा परी मृत्यु हुनेमा स्थानीय रजबहादुर विष्टका ४ छोराछोरी र उनका दाजु डिलबहादुर विष्टका २ छोरी रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाका अनुसार मृत्यु हुनेमा रज विष्टका १३ वर्षका छोरा पुष्प, ११ वर्षका प्रविण, १८ वर्षीया सविना, १५ वर्षीया छोरी आशा विष्ट रहेका छन् ।



    त्यस्तै, डिलबहादुर विष्टकी १३ वर्षकी छोरी शान्ति र १९ वर्षीया रेखा विष्टको पहिरोमा परेर मृत्यु भएको डिएसपी ओलीयाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार