Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कालिकोट र सिन्धुपाल्चोकमा भीषण पहिरो ६ बालबालिकाकाे मृत्यु, दर्जनाैं सम्पर्कविहिन

    कालिकोट र सिन्धुपाल्चोकमा भीषण पहिरो ६ बालबालिकाकाे मृत्यु, दर्जनाैं सम्पर्कविहिन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कालिकोट र सिन्धुपाल्चोकमा भीषण पहिरो जाँदा ठुलो संख्यामा  मानबिय क्षती भएको छ। कालिकोटको महाबै गाउँपालिका वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

    पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनास्थलमा  उद्दारकार्य जारी छ ।



    त्यस्तै,  सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा कम्तीमा २१ घर पहिरोले पुरिएको छ। पहिरोमा परी ४० भन्दा बढी व्यक्ति बेपत्ता भएको स्थानीयबासीले जनाएका छन्।



    सिन्धुपाल्चोकको लप्सीचौर भन्ने स्थानमामा २५–३० घरहरु जोखिममा छन् । अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । दुबै ठाउँका घटनाको पूर्ण विवरण आउन बाँकी छ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार