Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ओली लचिलो बनेको भन्दै प्रचण्डद्वारा आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ

    ओली लचिलो बनेको भन्दै प्रचण्डद्वारा आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो भएको कुराकानीबारे आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् । बिहीबार दिउँसो अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा करिब चार घन्टा लामो छलफल भएको थियो । बैठकमा अध्यक्षद्वय ओली र  प्रचण्डका अलबा बिष्णु पौडेल,  शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी थिए।

    प्रचण्डसँगको कुराकानीमा ओलीले पार्टीको स्थायी कमिटीबाट स्वीकृती गराएर मात्र अबदेखि आफुले कुनै पनि निर्णय गराउने बताएका छन् ।  थापागाउँमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित दर्जन बढी  केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको स्रोतको दाबी छ।



    छलफलमा  पौडेलले सहमतिको ड्राफ्ट पढेर सुनाएका थिए। पौडेलले प्रस्ताव प्रस्तुत गरिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई सहमतिको ड्राफ्ट कस्तो लाग्यो भनेर सोधेका थिए। ड्राफ्टमा यो कार्यकालभर  ओली नै प्रधानमन्त्री हुने, पार्टीको कार्यकारिणी अधिकार प्रचण्डले लिने भन्ने थियो ।



    आफूले साथीहरुसँग छलफल गरेर मात्रै त्यसबारेमा धारणा राख्ने प्रचण्डले जवाफ दिएकास्रोतको भनाइ छ ।

    बालुवाटारको छलफलमा महाधिवेशन आयोजक कमिटी बनाउने, महाधिवेशनपछि अध्यक्ष बनाउने लगायतका विषयमा छलफल भएको वताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार